असोज २४, रुकुम पश्चिम । डाक्टर गोविन्द के सी सत्याग्र जायज भएको भन्दै रुकुम पश्चिमको आठविसकोट नगर अस्पतालका डाक्टद्धारा एक दिने सत्याग्र गरेका छन । गएको भदौ २९ गते बाट अनसनरत डाक्टर गोविन्द केसीको माग आफ्नो लागी नभएर जनताका लागी भएको भन्दै डाक्टर केसीका मागहरु सरकारले पुरा गर्नु पर्ने भन्दै रुकम पश्चिमको आठविसकोट नगरअस्पतालमा कार्यरत डाक्टर विसद दाहाल र हेल्थअसिस्टेन पुरण केसी आज एक दिने अनसन वस्नु भएको छ ।
डा. गोविन्द केसीको स्वास्थ्यप्रति सरकार गम्भीर नभएको केसी पक्षका वार्ता टोलीले आरोप लगाएको छ । अस्ति बिहीबार सरकार र डाक्टर केसी पक्षबीच भएको छलफल सहमति नजिक पुगेको भए पनि राजनीतिक नेतृत्व सहमतिबाट पछि हटेको केसी पक्षका वार्ता टोलीका संयोजक जीवन क्षेत्रीले आरोप लगाउनुभयो । यसै पश्चात डाक्टर केसीको पक्षमा रहेर डाक्टर दाहाल र हेल्थअसिस्टेन केसी एक दिने अनसनमा वसेको हेल्थ असिस्टेन केसीले वताउनु भयो ।
डाक्टर केसीका माग मध्य एक नम्वरमा कर्णाली प्रदेशमा स्वास्थ्य क्षेत्रको एम विविएस पढाई सुरु हुनु पर्छ भन्ने माग अहिलेको समयमा समय सान्दर्भिक भएको भन्दै एकदिने अनसनमा वसेको नगर अस्पतालका डाक्टर विसद दाहालले वताउनु भयो ।
डाक्टर केसीले राख्नु माग नितान्त आफ्नो लागी नभई नेपाली जनाताको भएको हेल्थ असिस्टेन पुरण केसीको भनाई छ । कर्णाली प्रदेशको जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्लामा एम विविएस पढाई हुनु पर्ने लगाएत शिक्षा, स्वास्थ्य मन्त्रालय, आयोग र त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित रहेका छन ।
यसैबीच डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन । उहाँको मुटुमा हरेक मिनेटमा असामान्य धड्कन देखिएको उपचारमा संलग्न स्वास्थ्य टोलीका संयोजक डाक्टर सुवासप्रसाद आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार असामान्य धड्कन बढ्दै जाँदा मुटुको चालमा गडबड भएर मुटुले कामै गर्न नसक्ने अवस्था आउँन सक्छ । यस्तै उहाँको छातीमा समस्या देखिएकाले रेडियोलोजिस्टसँग थप सल्लाह लिन लागेको उहाँको भनाइ स्वास्थ्यस्थिति निकै जटिल भएकाले जोखिम बढ्न नदिनका लागि आईसीयूमा भर्ना हुन डाक्टरले आग्रह गरेपछि डाक्टर केसीले अस्वीकार गर्दै आउनुभएको छ ।
डाक्टर केसी १९ औं पटक अनशनमा बस्नुभएको आज २७ दिन पुगेको छ । उहाँले सरकारसँग ०७५ साउन १० गते गरिएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएममा वरिष्ठता मिचेर गरिनियुक्ति सच्याउनुपर्ने र बयलपाटा अस्पताललाई नियमित र आवश्यक बजेट व्यवस्था गरी निःशुल्क स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्ने लगायत ६ बुँदे माग राख्नुभएको छ ।
उहाँले गएको भदौ २९ गते डाक्टर केसीले जुम्लाको धर्मशालामा अनशन सुरु गर्नुभएको थियो । पछि काठमाण्डौ ल्याइएका उहाँ अहिले शिक्षण अस्पताल महाराजगन्जमा अनशनमा हुनुहुन्छ ।