सदिक्षा हिजो राती ११ बजेतिर निकै नै थकित अनि चिन्तित मुद्रामा थिइन, मेरो घर को छतबाट उनी वारिपारी गर्दै डुलिरहेकी थिइन पारी मन्दिरमा बलेको छिद्र उज्यालोले उनिनै हुन भन्ने प्रस्ट पार्थ्यो । बिदाको दिन भएकोले म दिनभरिनै सुतेको हुनाले साझ निन्द्रा लागेन र गर्मी को समय भएकोले पनि होला कौशीको चिसोमा जादा निकै आनन्द को अनुभूति भैरहेको थियो पानी पर्देपनि हुन्थ्यो भन्दै तल्ला घरे काकी पनि भन्दै हुनुन्थ्यो यति राती के बोलाउनु भनेर बोलाइन उहालाई तर मेरो नजर सदिक्षा मै थियो , उमेरले म भन्दा १ बर्ष मात्रै कान्छी उनी मलाइ “तिमी” नै भनेर सम्बोधन गर्थिन । त्यसरात पनि म उन्लाइ बोलाउन खोजिरहेको थियो तर तल्लो घरको काकिले फेरि जिस्काको भन्ठान्लिन भनेर बोलाइन मैले , उनी छतमा यसरी हिडिरहेकी थिइन कि मलाइ लाग्यो आज कोसङ लास्टै रिसाएकी छिन र यसरी नै रिस पोखीरहेकी छिन , म केही बोलिन उनलाई मात्र नियालीरहे , उनलाई देख्ने बित्तिकै छोरा छोरिको नामै सोच्न थाल्थे म तर अफ्सोस जिन्दगिमा सोछे जस्तो कता हुन्छ र रु त्यसैले मेरो मनको कुरा मन मै रहयो , पढाइमा पनि तेजिली उनी , मुहार सधै उज्यालो अनि हेर्ने बित्तिकै ललायित पार्ने उस्का अदा म सधै उस्को सपना नै देख्थ्ये उनको तारिफ सायद अक्षरले गर्न सकिन्न ।
लोकसेवाको तयारी गरेर बसेकी उनी साझ बिहान नै पढिरहेकी हुन्थिन मैले मेसेन्जर मा गरेको मेसेज चाडबाड मा मात्रै हेर्थिन र हेप्पी दशै या निउ इयर भनेर मेसेज पठाउथिन बस त्यत्ती हो , म भने उनको कल्पनामा सधै ब्यतित हुने । हामी बस्ने समुदायमा उनी उदाहरणिय पात्र नै त थिइन म त तारिफ गर्नै नजान्ने मान्छे पेसाले म पनि सरकारी कर्मचारी त्यही नि मन को कुरा मन मै राखिरहे , कहिले काहीँ छतबाट के छ भनेर बोलाउदा ठिक छ को जवाफ दिन्थिन त्यत्ती हो अनो आकल झुक्कल छिमेकीको बिहे लगायत भोजमा भेट हुदा बोल्थिन म दङ पर्थ्ये , एक्चोटी मात्र होला उनलाई मैले मेरो बाइकमा कलेज छोडेको , टाढा को कलेज पनि उनी हिडेरै जान्थिन, सामान्य डिजाइन को भएता पनि उनले सधै सफा गर्ने हुनाले उनको घर महल जत्तिकै राम्रो देखिन्थ्यो । मलाइ त उन्को घर नै उनी जस्तै लाग्ने ।
त्यसरात म अचम्ममा थिय कल्पना गरे जस्तै उनी मेरो सामिप्यमै थिइन तर न मैले बोल्ने आट गर्ने सके न उनले बोलाइन मलाइ , बस उनी कौशिको चारै कुना डुलिरहेकी थिइन म उन्लाइ हेर्दै रमाइरहेको थिए , यसो हातमा भएको घडी हेरे त्यो क्रम त १ घण्टा बितिसकेको रहेछ । मैले सोछे जे पर्ला पर्ला आज उनिलाइ फोन नै गर्छु आखिर म अन्जान ब्यक्ती कहाँ होर रु आफ्नै काकाको छोरी को माध्यमबाट मैले उनको फोन नम्बर पाएको थिए र जब म आफ्नो चार्ज्मा राखेको मोबाइल लिन भनेर तल झरे , म कोठामा पुगेको मात्र थिए , अचानक आकाश गर्जे जस्तै आवाज आयो , मैले सोचेकी बिजुली चम्केको हुन पर्छ या , कसैको घरबाट गमला तल खसेको हुनुपर्छ आ जेसुकै होस म फोन लेउछु र उनलाई कल गरेरै छोड्छु , कोठामा पुग्ने बित्तिकै हतार हतार मैले फोन निकाले र उनलाई कल गर्ने खोजे मोबाइल अफ भन्यो , मनमनै सोचेकी अघि सम्म हातमा मोबाइल राखेकी त्यस्को बत्तिपनी बलेको थियो , त्यो मोबाइल एक्कासी अफ कसरी भन्यो रु मैले सोचे कि उनले मेरो नम्बर ब्लक गरेकी छन किरु फेरिसोचे आजसम्म कल नगरेको नम्बर कसरी ब्लक हुन्छ ।
कौसी नेर जाने निधो गरे र फेरि हेर्न गए , तब तल्ला घरे काकिले सोध्नु भयो मनिश के आवाज आएको त्यो रु मैले पनि खै काकि के हो ठूलो आवाज आको थ्यो भनी उत्तर दिए तब एक्कासी सदिक्षाको बारि नेर बाट एकजना कराएको आवाज आयो , लौ बर्बाद भयो , ए दाइ, दिदी , आमा यहाँ आउनुस न । म निकै आत्तिए आवाज सदिक्षाको बाट आएको छ अनि उनी कौशीमा छैनिन । सबि कुद्द्दै त्यो बारिमा गएर हेर्दा सदिक्षाले छतबाट खसेर आत्महत्या गरेको खुल्न आयो ।
म नतमस्तक भए मेरा मुखबाट आवाज नै निस्केनन कति सजिल्यै उनले प्राण त्यागिन , छोरी लोकसेवाको अधिकृत हुनेमा गर्व गर्ने बाबू आमाको मुहार त्यो समय मैले हेर्न सकिन , सिङो समुदाय को आशा स्तम्भ लड्यो छतबाट , रगताम्य भयो बारि न मैले उनलाई एकशब्द बोलाए न उनी बोलिन जिन्दगीभरी मेरो मनको कुरा मनमै रहयो , उन्को मनमा के रहिछ उनैले बुझुन , परिवार आस्चर्य मा परेको देख्दा उनी कुनै कारण बिनानै सन्सार त्यागेर गइन । अब उनको सास बिनाको शरीर बाहेक त्यहा केही थिएन ,भोलि पल्ट घट्स्थापना र जमरा राख्नु पर्ने थियो उन्कै बारिबाट टपरिमा बालुवा लैजाने सबैले सोचेका थिए तर उनकै रगतले रगताम्य त्यो बालुवा अब कस्ले लैजाने रु कसरी जमरा राख्ने कसरी दशै मनाउने रु त्योसाल गाउमा कसैले पनि दशै मनाएन । एउटा जिन्दगी को एउटा अध्याय कहानी नै अपुरो हुने गरि अस्तायो , आक्गिर उनले यसो किन गरिन न कसैले बुझ्न सके न कसैले थाहा पाउन नै ।
धेरै परिवार सन्ख्या अनि ठूलो जमातमा दशै मनाएर राताम्म्य हुने घर त्यो दशैमा सुनसान थियो , सिङो घर नै उनको यस निर्णयबाट अन्जान थियो । उनी प्रश्नै प्रश्न विच अनुतरित उत्तर बनिकन अस्ताइन एउटा समुदायको आशाको किरण अस्तायो, एउटा फुलसरि फुलेको जीवन सुस्तायो । मैले पन्ध्र बर्शको सामिप्यतामा पहिलो कल गरे उन्को मोबाइलमा जस्को न जवाफ आयो न त्यो कल सार्थक भयो, मैले उनलाई गरेको पहिलो कल उनको जिवनको अन्तिम कल हुन्छ भन्ने मलाइ के थाहा थियो र ? ठूलो बज्रपात र प्रश्न चिन्ह को विच उनि अस्ताइन । सायद मैले अलि अगाडि नै कल गरेको भए ? सायद त्यसरात मैले देख्ने बित्तिकै उनलाई बोलाएको भए ? तिम्रो आत्माले शान्ती पाओस, स्वर्गमा बाँस होस सदिक्षा ।
”आत्महत्या समाधान हैन, जीवन फेरि फेरि मिल्दैन”