• २०८३ असार १२ गते शुक्रवार

थप १२४६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५० हजार ४ सय ६५ जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २५, काठमाडौँ । थप १२ सय ४६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ५० हजार ४ सय ६५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता ड.जागेश्वर गौतमका अनुसार ११ हजार १ सय ४४ नमुना परीक्षण गर्दा १२ सय ४६ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज १८ सय १८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ३५ हजार ७ सय जना रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस