• २०८३ बैशाख ११ गते शुक्रवार

दैलेखमा थपिए १७ जना कारोना संक्रमित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २६, दैलेख । दैलेख जिल्लामा आइतबार गरीएको परीक्षणमा १७ जना कारोना संक्रमित थपिएका छन् । नारायण नगरपालिकाका १४ जना र भैरवी गाउँपालीकाका ३ जनामा कोरोना पोजेटिभ देखिएपछि समुदायमा कोरोनाको प्रभाव धेरै परेको छ ।

यस्तै सदरमुकाममा रहेको राष्ट्रिय वाणिज्य बैंकका एक कर्मचारीमा कोरोना देखिएपछि बैंक सेवा प्रभावित भएको छ । जिल्लामा आइतबार गरीएको परीक्षणको क्रममा बैंकका एक जनामा कोरोना देखिएपछि बैंकको काम प्रभावित भएको हो । कोरोना पोजेटिभ देखिएसँगै वाणिज्य बैंक दैलेख शाखा अनिश्चितकालको लागि बन्द गरिएको शाखा प्रबन्धक चेतन कुमार बिसीले जानकारी दिए । बैंकमा कार्यरत १३ जना कर्मचारिहरूमा गरिएको पिसिआर परीक्षणमा एक कर्मचारीमा कोरोना पोजेटिभ भेटिएसँगै बैंकले अन्य कर्मचारीलगायत सेवाग्राहिहरूमा संक्रमण फैलन नदिनका लागि बैंकका सम्पूर्ण सेवाहरू अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको शाखा प्रबन्धक बिसीले जानकारी दिए ।

समुदायमा परीक्षण गरिएको ३८ जना मध्ये १७ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य सेवा कार्यलय दैलेखका खोप अधिकृत थीरप्रसाद रेग्मीले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस