• २०८३ बैशाख ११ गते शुक्रवार

कर्णालीमा टिप्पर दुर्घटना, चार जनाको मृत्यु, ३६ बेपत्ता

भावना हमाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २८, कालिकोट । कालिकोटको रास्कोट नगरपालिका लालीघाटमा टिप्पर दुर्घटना हुँदा ३६ जना कर्णाली नदिमा बेपत्ता भएका छन् । भारतबाट आएका रास्कोट नगरपालिकाका नागरिकलाई लालीघाटदेखि रास्कोटसम्म पुर्याउन गएकाे टिप्परमा दुर्घटना भएकाे स्थानिय एक युवाले बताए ।

स्थानिय युवाका अनुसार दुर्घटना अघि सवारी चालकलाई धम्काएर, ‘मलाई पनि गाडी चलाउन आउँछ, गाडी छिटो चला’, भन्दै टिप्पर चालकलाई कुटपिट गरेका थिए । स्थानिय वरीपरीका नागरिकका अनुसार पनि गाडी चालक र क्वारेन्टाईनमा बस्नका लागि रास्कोटतर्फ जाने नागरिकहरुबीच झडप भएको थियो ।

नेपाल आर्मी, जिल्ला प्रहरी कार्यालय कालिकोटको टोली घटनास्थल गएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । बेपत्ता मध्ये ४ जनाको शव स्थानियले सडक छेउमै ल्याइसकेका छन् । अन्य ३२ जना कर्णाली नदिमा बेपत्ता छन् । विस्तृत विवरण आउन भने बाँकी रहेको छ ।

https://khabar24nepal.com/2020/06/10/35826

Sharing

प्रतिक्रिया दिनुहोस