जेष्ठ २८, कैलाली । नेपाली जनसम्पर्क समिति बेंलोर बेलेन्धुर शाखा अध्यक्ष एवम युवा नेता दिवश शाहि द्वारा कैलालीको घोडाघोडी नगरपालिकाले निमार्ण गरेको क्वारेन्टिनमा बसेकाहरुलाई खाजा वितरण गरीएको छ । वडा नम्बर ०८ मा रहेको राष्ट्रिय माध्यमिक बिद्यालय तारानगर क्वारेन्टाइनमा आश्रय लिईरहेका १४५ जनालाई अण्डा र चना वितरण गरीएको हो ।

युवा नेता दिवश शाहि को नेतृत्व र विशाल बिक, पुष्ष बि क , बिनोद शाहि , भरत जैसि, गणेश जनाला, मनिष बिक सहयोगमा सो नास्ता बितरण गरिएको हो । विश्व महामारी का रुपमा रहेको कोराना भाइरस (कोभिड १९) का कारण भारतबाट आएर क्वारेन्टाइन मा आश्रय लिईरहेका व्यक्ति हरुलाइ सरकारमात्र नभई नागरिक ले आफ्नो दायित्व पूरा गर्नुपर्ने बताउदै सानो भएपनि सहयोग स्वरुप खाजा उपलब्ध गराएको नेपाली जनसम्पर्क समिति दक्षिण क्षेत्र भारत बेङलोर बेलेन्धुर शाखा अध्यक्ष शाहिले बताए । यो शंकटको घडीमा एक अर्काको आलोचना भन्दा पनि नागरिक र तिनै तहका सरकार एक जुट भई बिपदको सामना गर्नु पर्ने बताउदै शाहि ले सबै मिलेर यो महामारी नियन्त्रण मा सहयोग गर्न आग्रह समेत गरेका छन् ।
खाजा बितरण मा कार्यक्रम मा बोल्दै राष्ट्रिय मावि तारानगर क्वारेन्टाइन संयोजक अम्मर जैसीले यस्तो बिपत्ति को समयमा सबै आ( आफ्नो सहयोग गर्नुपर्ने बताए। आफु भारतमा रहेर पनि नेपाल र नेपाली प्रती को माया र सदभावका लागि युवा नेता दिवश शाहिलाइ धन्यवाद व्यक्त गरेका छन । खाजा वितरणमा बिजय बुढा, हिमाल बढा, रबिन्द्र शाहि , बवि बिक, भरत सुनार, लोकेन्द्र शाहि र पत्रकार राम बिश्वकर्मा लगायतका युवाहरुको सहभागीता रहेको थियो ।