पौष २५, काठमाडौं । ट्राफिक व्यवस्थापनमा शहरी विकास मन्त्री रामबिर मानन्धरले चासो व्यत्त गर्दै ट्राफिक प्रहरीलाई विभिन्न ट्राफिक सामग्री हस्तान्तरण गर्नुभएको छ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकाललाई माइक र स्टप बोर्ड हस्तान्तरण गर्नुभएको हो ।

मन्त्री मानन्धरले हन्तान्तरण गरिएका सामग्रीहरले ट्राफिक व्यवस्थापनका लागि सहयोग पुग्ने बताउनुभयो । सुरुमा सिंहदरबार र बानेश्वरमा परिक्षणका रुपमा उक्त सामग्रीहरु प्रयोग गरिने छन् । ट्राफिकलाई प्राप्त सामग्रीहरुको भरपुर उपयोग गर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकालले बताउनुभयो ।