पौष, २५ काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा प्रहरी नायव निरीक्षक कालीचरण पंजियारविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ ।
सवारी दुर्घटनामा क्षतिपूर्ति दिलाई दिए बापत सेवाग्राहीसँग १५ हजार घुस लिएको भन्दै धनुषाको इलाका प्रहरी कार्यालय यज्ञभूमि (धारापानी) मा कार्यरत पंजियारविरुद्ध मुद्धा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगले गरेको अनुसन्धानको क्रममा पंजियारले घुस लिएको तथ्य फेला परेकोले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना र कैद सजायको माग दाबीसहित शुक्रबार मुद्धा दायर गरिएको हो ।