• २०८३ जेष्ठ ४ गते सोमवार

नाइजरमा भएको आक्रमणमा २५ सैनिक मारिए

पढ्न लाग्ने समय : १ मिनेट

पौष २५,  नाइजर । नाइजरमा भएको आक्रमणको घटनामा परी कम्तीमा २५ सैनिक मारिएका छन् । देशको पश्चिमी क्षेत्रमा रहेको सैनिक शिविरमा बिहीबार राति आक्रमण भएको सैन्य अधिकारीहरुले जानकारी दिएका छन् ।

पश्चिमी अफ्रिकी मुुलुक मालीको सीमाक्षेत्रमा पर्ने नाइजरको चिनागोद्ररमा घटना भएको उनीहरुले बताएका छन् । घटनाका बारेमा अहिलेसम्म कसैले पनि जिम्मेवारी नलिएको समाचारमा जनाइएको छ ।

निकहरुमाथि भएको आक्रमणपछिको भिडन्तका क्रममा ६० भन्दा बढी लडाकु मारिएको रक्षा मन्त्रालयले दाबी गरेको छ । सिन्ह्वा

Sharing

प्रतिक्रिया दिनुहोस