• २०८३ बैशाख २९ गते मङ्गलवार

बस दुर्घटनामा हुदा दुई जनाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

 पौष, २५  दमौली । तनहुँको घिरिङ गाउँपालिकास्थित कृष्ण मोटरमार्गमा बस दुर्घटनामा हुदा दुई जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान  पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग१ख ६१७५ नंको बस घिरिङ गाउँपालिका-३ स्थित थानीमाइमा अनियन्त्रित भइ सडकबाट तल खस्दा बसमा सवार २० वर्षीया मुना थापा र घिरिङकै वडा नं ३ बस्ने ४२ वर्षीय नानीमाया गुरुङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लीलाराज लामिछानेका अनुसार थापाको घटनास्थलमै र गुरुङको पोखरामा उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये १८ लाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस