मंसिर २४, काठमाडौँ । प्रसिद्ध धार्मिक स्थल गोरखाको मनकामना मन्दिर मंसिर २८ गतेदेखि खुल्ने भएको छ । गत चैतदेखि बन्द रहेको मन्दिर स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्ने गरी भक्तजनका लागि पूजाआजाका लागि खुला गर्न लागिएको हो ।
कोरोनाभाइरस महामारीपछि मन्दिरमा पूजाआजा गर्न भक्तजनलाई रोक लगाइएको थियो । मनकामना क्षेत्र विकास समितिको आयोजनामा सहिद लखन गाउँपालिका, वडाध्यक्ष, मनकामना मन्दिर जीर्णोद्वार समिति, पूजारी, मनकामना केवलकार, उद्योग वाणिज्य संघ र राजनीतिक दलका प्रतिनिधि बैठक गरेर मन्दिर र केवलकार खुलाउने निर्णय भएको जनाइएको छ ।