मंसिर २४, दैलेख। मदिरा सेवन गरेर आफ्नै १४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बुवालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखलेका अनुसार घरमा कोही नभएको मौका छोपी ललाइ–फकाइ आफ्नै छोरीमाथि बलात्कार गरेको आरोपमा ३८ वर्षीया पुरुषलाई पक्राउ गरेको हो । उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।