• २०८३ बैशाख ८ गते मङ्गलवार

बुटवलको देवदहमा दुई ट्रक गोरु प्रहरी नियन्त्रणमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २४, रुपन्देही। रुपन्देही प्रहरीले जिल्लाको देवदह र लुम्बिनीबाट दुई ट्रक गोरु र सातजना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । प्रहरीले दुई स्थानबाट ५५ वटा गोरु नियन्त्रणमा लिएको हो ।

देवदह नगरपालिका–११ शंकरपुरबाट ना.६ ख.३८६१ नम्बरको ट्रकमा अवैधरुपमा भारततर्फ लैजाँदै गरेको २७ गोटा गोरु, ट्रक चालक र सहचालकलाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा चालक मकवानपुर हाडीखोला गाउँपालिका ७ का ४२ वर्षीय अम्बरबहादुर घिमिरे र सहचालक रुपन्देहीको रोहिनी गाउँपालिका-६ का १९ वर्षीय सदिप खान रहेका रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले बताए । नियन्त्रणमा लिइएका गोरुलाई पशु क्वारेन्टाइन चेक पोष्ट बेलहिया चलान गरिएको उनले बताए ।

यस्तै लुम्बिनी साँस्कृतिक नगरपालिका–५ लोखडियाबाट पुर्वतर्फ लैजाँदै गरेको लु १ ख ९८९५ नम्बरको ट्रकबाट २८ वटा गोरुसहित पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त ट्रकका चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका वर्ष ३२ का गणेशबहादुर सुनार, सोही ठाउँका सहचालक वर्ष १७ का वीरेन्द्र सुनार, नवलपरासी सुनवलका सहचालक वर्ष १७ का भिमबहादुर बिक, कपिलवस्तु सुद्धोधन गाउँपालिका(२ का कामदारहरु ५० वर्षीय इवारत मुसलमान र ३० वर्षीय मिठ्ठु मुसलमानलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रवक्ता थापाले बताए । रुपन्देही प्रहरीले केही दिन यता दिनहुँजसो अवैधरुपमा भारततर्फ बिक्रीका लागि लैजान लागेका गोरु नियन्त्रणमा लिन थालेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस