कार्तिक २४, काठमाडौँ । थप २५ सय ७१ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ९७ हजार २४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा १४२८ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौँका ११३६, ललितपुरका २०१ र भक्तपुरका ९१ जना छन् ।
यस्तै कास्कीका १५१ जना, मोरङका १४८, सुनसरीका ९१, रुपन्देहीका ८५, कैलालीका ६६, काभ्रेका ४७, दोलखा र मकवानपुरका ४२/४२ जना, कपिलवस्तुका २९, चितवनका २८, कञ्चनपुरका २५, पाल्पाका २४, तनहुँका १८, स्याङ्जाका १७, डडेलधुराका १५, गोरखा र दैलेखका १३/१३ जना, उदयपुर र धनुषाका १२/१२ जना, सिराहा, नवलपुर, दाङ र दार्चुलाका ११/११ जना तथा पर्सा, डोटी र बाजुराका १०/१० जनामा संक्रमण पुष्टि भएको छ ।
सप्तरी, सिन्धुपाल्चोक, नवलपरासी, अछाम र बैतडीका ९/९ जना, नुवाकोट र बाँकेका ८/८ जना, महोत्तरीका ७, सर्लाहीका ६, इलाम, पाँचथर, रौतहट, धादिङ, रामेछाप, सिन्धुली र जुम्लाका ५/५ जना, धनकुटा र गुल्मीका ४/४ जना, ओखलढुंगा, संखुवासभा, बारा, पर्वत र बर्दियाका ३/३ जना, खोटाङ, भोजपुर, लमजुङ, प्युठान र सुर्खेतका २/२ जना तथा तेह्रथुम, रसुवा, म्याग्दी र अर्घाखाँचीका १/१ जनामा पनि संक्रमण देखिएको छ ।