कात्तिक २४, रुकुम पश्चिम । पछिल्लो समयमा रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टि नेकपाले विभिन्न जनवर्गिय संगठनहरु सक्रिय हुन थालेका छन । यो समयमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका सवै जनवर्गीय सँगठनहरु सक्रिय हुन थालेको नेपाल कम्युनिष्ट पार्टि नेकपाका नगर कमिटी अध्यक्ष हरि प्रसाद शर्माले वताउनु भयो ।

यसै अन्तरगत आठविसकोट नगरपालिका वडा ४ को ज्ञानोदय मावी चौतारामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि युनियन ८५ सदस्यीय कमिटी गठन गरिएको छ । जस्को संयोजकमा नविन विक, रहनु भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि युनियनका जिल्ला सदस्य तथा नगर संयोजक अनिल केसीले जानकारी दिनु भयो । हाल सम्म ३ वटा वडाहरुमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि युनियन गठन गरिएको उहाँले जानकारी दिनुभयो ।