कात्तिक २४, रुकुम पश्चिम । रुकुम पश्चिमको आठविकोट नगरपालिकाले यही कार्तिक १६ गते देखी आठविसकोट नगरपालिकाको वडा न ३ खदी वाट सुरु गरेको नगर स्तरिय सार्वजनिक सुनुवाई जारी रहेको छ । यसै अन्र्तगत आज नगरपालिकाको वडा न ४-५ नम्वर वडाको सँयुक्त रुपमा ४ वडाको ज्ञानोदय मावि चौतारामा सार्वजनिक सुनवाई गरिएको योजना तथा अनुगमन उप शाखा प्रमुख राजु परियारले जानकारी दिनु भयो ।

उहाँका अनुसार प्रत्येक चौमासीकमा गर्नु पर्ने सार्वजनिक सुुनुवाई कोरोना भाइरसका कारणले केही ढिला भएको र आगामी सार्वजनिक सुनुवाई प्रत्यक चौमासीकमा गरिने वताइएको छ । आज को सार्वजनिक सुनुवाइ ४ र ५ नम्वर वडाका स्थानियहरुले , नगरपालिकाबाट परेका योजनाहरुमा नगरपालिकाले भुक्तानी दिन नसकेको दिए पनी केही रकम अल्झाएर झुक्तानी दिएको गुनासो गरेका छन । यस्को जवाफमा योजना उपशाखा प्रमुख राजु परियारले अधिकाँश योजनाहरुको भुक्तानी दिइएको तर केही वाँकी रहेका योजनाहरुको भुक्तानीका लागी नगरपालिकाले तयार पारेको १८ नम्वरको फाइलमा फारम भर्नु पर्ने र त्यसपछी बचेका रकम नगरपालिकाले उपलब्ध बनाउने बताउनु भयो । यहाँको भुगोल पाइक पर्ने र दुई वडाका सहमती अनुसार चार र पाँच नम्वर वडाको सँयुक्त रुपमा ४ नम्वर वडाको चौतारामा सार्वजनिक सुनुवाई गरिएको आठविसकोट नगरपालिकाका प्रशासकिय अधिकृत मान बहादुर बुढाथोकीले वताउनुभयो ।
आज सम्म चार वटा वडामा पाँच वटा वडामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको पनी उहाँले जानकारी दिनु भयो । यहाँका जनताले नगरपालिका द्धारा परेका योजनाहरुको झुक्तानी समयमै दिन नगरपालिकालाई आग्रह गरेका छन । आज सम्मको सार्वजनिक सुनुवाई कार्यक्रम सौहार्दपूर्ण बाताबरणमा सम्पन्न भएको अधिकृत बुढाथोकीले जानकारी दिनु भयो । अव आठविकोट नगरपालिकाका ९ वटा वडाहरुमा सार्वजनिक सुनुवाई गर्न बाँकी रहेको छ ।
आजको सार्वजनिक सुनुवाई कार्यक्रम वडा नम्वर ४ का वडा अध्यक्ष बाबुराम विष्टको अध्यक्षतामा सञ्चालन भएकोमा आठविकोट नगरपालिकाका प्रशासकिय अधिकृत मान बहादुर बुढाथोकीले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो । आजको सार्वजनिक सुनुवाईमा ,नगरपालिकाका प्रशासकिय अधिकृत मान बहादुर बुढाथोकी ,आठविकोट नगरपालिका शिक्षा तथा युवा खेलकुदा शाखा सँयोजक इन्द्र विष्ट , योजना तथा अनुगमन उप शाखा प्रमुख राजु परियार नगरपालिकाका शाखा प्रमुखहरु, ४,५,६ नम्वर वडाका वडा अध्यक्षहरु विभिन्न राजनितीक दलका नेता तथा कार्यकर्ता लगाएत स्थानिय नागरिकहरुको वाक्लो उपस्थिती रहेको थियो । अव तिहार अगाडी सम्म ६ वटा वडाहरुमा सार्वजनिक सुनुवाई सक्ने अनि बाँकी वडाहरुमा तिहार पछी सार्वबजनिक सुनुवाई गरिने नगरपालिकाले जनाएको छ ।