• २०८३ असोज २४ गते शनिवार

बाटोमा ट्रक फस्दा सडक अवरूद्ध, बाटो खुलाउन सरोकारवालाहरुको दौडधुप

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

कार्तिक २४, मुगु । कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुमा राष्ट्रिय सडक सन्जाल जोडिएको नाग्म गमगढी सडक खण्ड अवरूद्ध भएको छ । ताल्चा गमगढी सडक अन्तर्गत छायानाथ रारा नगरपालिका वडा नम्वर २ जुम्ली शिवालय मन्दिर मुनिको एस मोडमा हिजो राति ७ बजेतिर मालबाहक ट्रक ग १ ख ९८०७ नम्बर फस्दा १७ घण्टासम्म सकड अवरूद्ध भएको हो ।

तर अझै सडक सन्चालनमा आउन सकेको छैन । बाटो खुलाउन यहाका स्थानीय बासि , प्रशासन , सुरक्षाकर्मी लगायत अन्य सरोकारवाला निकायहरुको दौडधुप चलेको छ । हेटौडा बाट व्यापारिक सामान ल्याएको ट्रक सडकमुनि केही भाग फस्दा बाटो अवरूद्ध भएर गमगढीदेखि छुट्ने लामो दुरी तथा छोटो दुरीका सबै यातायातका साधनहरु ठप्प भएका छन् । हिजो राति सात बजेदेखि हाल सम्म पूर्ण रुपमा बाटो बन्द रहेको छ ।

बन्द रहेको सडक सन्चालन गर्नको लागि स्थानीय ब्यापारी, जिल्ला प्रहरी कार्यालय, प्रशासन कार्यालय लागिपरिरहेका छन् । तर मालसहित फसेको ट्रक निकाल्नको लागि मेशिन नभएको हुँदा स्थानीय स्रोत साधनको प्रयोग वा टोचनको प्रयोग गरि निकाल्ने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक चित्र बहादुर भट्टराईले जानकारी दिए ।

गमगढी बजार राष्ट्रिय सडक सञ्जालमा जोडिएको ९ वर्ष बितिसक्दा पनि सदरमुकाममा जोडिएको यो घुम्ती (मोड)निकै साँघुरो भएको र ट्रक फसेको ठाँउमा कुनै पर्खाल पनि नभएको हुँदा सिलिप खाएर ट्रक फसेको देखिन्छ । यो गमगढी ताल्चा सडक बनाउनका लागि बर्सेनि करोडौँ रकम लगानी गरिए पनि यस मोडमा भने कुनै काम भएको छैन । सरोकार वाला निकाय सडक डिभिजन कार्यालय जुम्लालाई यो खण्ड मर्मत गर्नका लागि धेरैपटक लिखित र मौखिक जानकारी गराएको तर हालत उही रहेको उद्योग वाणिज्य संघ मुगुका अध्यक्ष कमल बहादुर बुढाले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस