• २०८३ जेष्ठ ३० गते शनिवार

थप २५७१ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १ लाख ९७ हजार २४ जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २४, काठमाडौँ । थप २७ सय ७१ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ९७ हजार २४ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ४२३ नमुना परीक्षण गर्दा २५ सय ७१ जनामा कोरोना पुष्टि भएको हो । नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार १ सय ७४ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज १७ सय ९८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ लाख ५९ हजार ७ सय २४ जना रहेको छ । आज १८ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ११ सय २६ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस