• २०८३ बैशाख १६ गते बुधवार

हिरासतमाबाट अर्नब गोस्वामीलाई जेल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २४, एजेन्सी । आत्महत्या दुरूत्सहान घटनामा पक्राउ परेका रिपब्लिक टिभीका संस्थापक एवं प्रधानसंपादक अर्नब गोस्वामीलाई क्वारेन्टिनबाट जेल पठाइएको छ । न्यायिक हिरासतमा लिइएपछि उनलाई अलिबागको एक क्वारेन्टिन केन्द्र पठाइएको थियो । भारतीय समाचार संस्था पिटिआईका अनुसार अर्नबले त्यहाँ मोबाइल फोन चलाएको पाइएपछि तलोजा जेल पठाइएको हो ।

प्रहरीले उनले अन्य व्यक्तिको मोबाइलबाट सामाजिक संजालमा सक्रिय भएको जनाएको छ । तलोजा जेल लाँदैगर्दा अर्नबले कराएर अलिबागका जेलरले शनिबार साँझ उनीमाथि कुटपिट गरेको आरोप लगाएका थिए। यस्तै आफ्ना वकिलसँग पनि कुरा गर्न नदिएको उनको आरोप छ ।

अर्नबसँगै मुम्बई प्रहरीले फिरोज शेख र नितिश शारदालाई सन् २०१८ को ४ नोभेम्वरमा इन्टेरियर डिजाइनर अन्वय नाइक तथा उनकी आमाले आत्महत्याका लागि दुरूत्सहान गरेको भन्दै पक्राउ गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस