कार्तिक २४, मुगु । विश्वले सञ्चार क्षेत्रमा आकास पातल फड्को मारिसकेको समयमा पनि अझै पनि कर्णालीका दुर्गम जिल्लामा गतिलो सँग टेलिफोन र ईन्टरनेटको पहुच बाट बाहिर रहेका छन् । कर्णालीका हिमाली जिल्ला जुम्ला , हुम्ला , डोल्पा , र मुगुका अधिकांस स्थान गाउपालिकामा हाल सम्म पनि गतिलो सँग टेलिफोन र ईन्टरनेटको पहुँच बाट टाढा रहेको पाईएको हो । यस्तै जुम्ला जिल्लाको नेपाली भाषाको उद्गम स्थलमा अवस्थित एक गाउपालिका जुन ईन्टरनेट र टेलिफोन सेवा बाट बाहिर रहेको छ ।

जिल्लाको कनकासुन्दरी गाउपालिका र पालिकाका स्थानीय बासि हाल सम्म टेलिफोन र ईन्टरनेटको सेवा बाट बञ्चित रहेका छन् ।कनका सुन्दरी गाँउपालिकामा रहेको कार्यालय स्थान र अन्य दर्जनौ बस्तीमा रहेका स्थानिय बासीहरु टेलिफोन र ईन्टरनेट बिहिनहुदा गाँउपालिकाको काम काज गर्न समेत निकै सास्ती खेप्नु स्थानीयले बताए ।

नेपाल टेलिकमले सञ्चार क्षेत्रमा पछिल्लो समयमा राम्रो पहुँच बढाए पनि नेपाली भाषाको उद्गम थलो कनकासुन्दरी गाँउपालिमा भने सञ्चार क्षेत्रको पहुँचामा भने शुन्य रहेको छ । पटक पटक कनका सुन्दरी गाँउपालिका रहेको स्थान र आसपासमा रहेका दजर्नौ बस्तीहरुको लागी टेलिफोन र ईन्टरनेट ब्याबस्थापनको लागी क्षेत्रीय कार्यालय ,केन्द्रीय कार्यालयमा आफै पुगेर धेरै पटक टेलिकमका कर्मचारीहरु संग बसेर मौखिक तथा लिखितमा टेलिफोनको टावर र ईन्टरनेटको लागी पहल गरेपनि हाल सम्म कुनै पनि सुनाई नभएको हुदा यस क्षेत्रका स्थानिय बासीहरु सन्चार क्षेत्र बाट पिडीत रहेको कनका सुन्दरी गाँउपालिकाका अध्क्षय नरबिर रावतले टेलिफोन मार्फत खवरद्दद्धनेपाल लाई जानकारी दिए ।

यता नेपाल टेलिकमले कनका सुन्दरी गाँउपालिका वडा नम्बर ६ बिराटमा नेपाल टेलीकमको थ्रिजी सहितको सेवा दिने गरि टावर सन्चालन गर्ने भनेर ३ बर्ष पहिला ठेक्का गरेता पनि हाल सम्म कुनै पनि टावर निर्माणमा काम अगाडी नबढेको र लाखौं मूल्यका सामानहरु ल्याएता पनि छताछुल्ल अवस्थामा रहेको अध्यक्ष रावलले जानकारी दिए ।

सो क्षेत्रमा बस्ने २ हजार २ सय ४७ घर परिवारका १३ हजार २ सय १६ जना स्थानिय बासीहरु सञ्चार बिहीन भएका छन । घर बाहिर गएका आफ्ना आफन्त लाई सम्पर्क गर्न खोज्दा र नेपालमा भईरहेका राजनीतिक अवस्था र अन्य सुचना सन्देश हेर्न लाई फेसबुक खोल्यो उहि सेवा दिन नपाउदा आफुलाई दुःख परेको कनकासुन्दरी गाउपालिका वडा नं ५ का स्थानीय कल बहादुर सुनारले जानकारी दिए । उनका अनुसार आफन्तहरुलाई फोन गर्न परेको डाडाकाडा,रुख चडेर ,२,३घण्टा टाढा गएर फोन सम्र्पक गर्नु परेको छ ईन्टरनेटको सेना कहिले हो भन्दै स्थानिय बासिहरुको गुनासो रहेको छ ।