भदौ २४, काठमाडौँ । कान्तिपुरमा लेखिएको छ कि : ” कित्ताकाटको नेकपाभित्रै बिरोध” गत तीनवर्षदेखि रोकिएको जग्गा कित्ताकाट निवर्तमान अर्थमन्त्री युबराज खतिवडाको राजिनामाको भोलिपल्टै फुकुवा हुनुले अहिले यस विषयले व्यापक चर्चा पाएको छ ! बझाङको साइपाल, सैनगाउंका करिब ३०० जना दृष्टिविहीन समाचारले त झन कसको मन खिन्न नहोला र ? देसमा गणतन्त्रले कयौ वर्ष फड्को मारिसकेको छ । अहिले त जनताको पीर मर्का बुझ्ने स्थानिय सरकार पनि छ ।
ती दृष्टिबिहीन जनता कयौं वर्ष्देखि अन्धकारमा जीवन जिउन बाध्य छन तर स्थानिय सरकारले यातायातको सुबिधा नभएपनि आँखा घुम्ती शिविर स्थापना गरी समस्या समाधान गर्न पक्कैपनी सक्थ्यो । यसको बिपरित “आए बाउको , गए साहुको ” भनेजस्तो कुनै कुनै स्थानिय सरकारले दोषजती केन्द्रीय सरकारलाई थोपरेर जस आफू लिने , अपजसबाट टाढा भागी कहि त उपमेयरले रु २५०००/- तलवमा आफ्नै श्रीमानलाई पिए राख्दै गर्दा जनताको अगाडि भोलिका दिनमा साख के रहला ? अझै सोच्ने कि ? साउदीमा अलपत्र परेका नेपाली सरकार बिरुद्द उत्रीए , कोरियामा पनि ३८ नेपालीको बिचल्ली ,कोरोनाले सकृय उमेर समूहकै बढी संक्रमित , उपत्यकाको नाकामा सेना खटाउनुपर्ने माग बिज्ञले गरे ! अर्को समाचार ” बिरामी छटपटाइरहे, चिकित्सकले रिपोर्ट कुरीरहे ” अन्तमा २३ वर्षीय बिक्रम चौधरीको मृत्यु भयो ! यस्तो दुखद घटनाको जिम्मेवारी को ? आफै, नियतीको खेल या डाक्टर या सरकार ?
” नेताहरुको ब्यक्तिगत स्वार्थ वरिपरि घुम्दै राजनीति ” शिर्षकमा राजेश मिश्र कान्तिपुरमा लेख्छन : “चुनाब हार्नेलाई सांसद मन्त्री बनाउने, आफ्नै परिवार , नातागोतालाई शक्तिशाली पद दिलाउने, बिचौलियाको चंगुलभित्र बसेर दलीय र शासकीय संरचना चलाउनेजस्ता विकृती पटकपटक दोहोरिइरहेको छ !” यसै सन्दर्भमा प्राध्यापक लोकराज बराल भन्छन : ” पहिले कांग्रेसले गर्यो, अहिले कम्युनिस्टहरुमा पनि उस्तै सिद्दान्त देखियो , ब्यक्तिबाद, परिवारबाद र सत्तावाद ! “
देशभर मल हाहाकार भइरहेको बेला आपूर्ति गर्न नसकेका दुई कम्पनीको जमानत जफत भएसंगै करिब १ अरब ८९ करोड कसरी तिराउने भन्नेमा सम्बन्धित निकाए अन्योलमा छ । शैलुङ इन्टरप्राइजेजका शारदाप्रसाद अधिकारी र होनिको मल्टिपल प्रालिका हुमनाथ कोइराला जुन ब्यक्तिहरु अहिलेसम्म शक्तिको आडमा रमाइरहेका छन, सात पुस्तालाई पुग्ने धन कमाइरहेका छन तर अहिले कृषीमन्त्रीको तदरुकता र तत्परता हेर्न बाकी नै छ !
प्रसङ राजनीतिकै : आजको कान्तिपुरमा प्रदिप गिरी लेख्छन: ” बीपी टावरिङ पर्सनालिटी हुनुहुन्थ्यो, तर उहांको देवत्वकरण राम्रो होइन, नेपालको समाजले संघर्ष गरेको छ । यसको जगलाई कसैले देख्दैन , गजुरलाई मात्र देख्छन ! ” । अर्कोतिर भारत र चीन सीमामा गोली चलेको छ । दुई देसका रक्षामन्त्रीस्तरीय बैठक बसेको दुई दिन नबित्दै भिषण गोलाबारी।चीनले पत्रकारको कारण रास्टृय सुरक्षामा खतरा भएको भन्दै दुई जना अस्ट्रेलियाका पत्रकारलाई देश निकाला गरेको छ ।