• २०८३ बैशाख २५ गते शुक्रवार

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति छिट्टै हुन्छ : मन्त्री पुन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २४, रोल्पा । ऊर्जा जलस्रोेत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको नियुक्ति छिट्टै हुने बताएका छन । आज लिवाङमा प्रेस सङ्गठन जिल्ला शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले बहालवाला कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि यही भदौ २९ गतेसम्म रहेकाले त्यसअघि नै सरकारले नियुक्तिको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने बताए ।

कुलमानको पुनःनियुक्तिका विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पुनले कसलाई नियुक्ति गर्ने भन्ने विषयको अझै टुङ्गो नलागेको बताए । उनले भने, ‘कुलमान घिसिङको विषयमा कोही सकारात्मक र कोही नकारात्मक रहेको भन्दै चलाइएको हल्लामा सत्यता छैन ।’

Sharing

प्रतिक्रिया दिनुहोस