• २०८३ जेष्ठ ६ गते बुधवार

बागलुङ बाढी पीडितलाई राहत २ लाख बढी सहयोग

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भाद्र २४, बागलुङ। भदौ १७ गते राती भुजिखोलामा आएको भिषण बाढीले ढोरपाटन नगरपालिका  ७,८ र ९ मा अकल्पनीय क्षति पुगेको छ ।
बाढीमा परी धेरैले ज्यान गुमाएका छन् भने कैयौं मानिस अङ्गभङ्ग भएका छन् ।

धेरैको घरबास छैन जगा जमीन पनि छिन भरमै बाहर भएको छ । अहिले ढोरपाटनको बाढी पीडितहरुका लागि तथा सामाग्री सहयोग जुट्ने क्रम जारी छ । बाढीले क्षतिग्रस्त ढोरपाटन नगरपालिका वडा नं ९, ८ र ७ बोबाङको स्थलगत अवलोकन गरि बोहोराफाट समाज जापान गलकोटले बाढी पीडित नागरिकहरुको लागि राहत स्वरुप नगद रु २ लाख १० हजार रकम ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपाली सहित सम्बन्धित वडा अध्यक्षहरुलाई हस्तान्तरण गरिएको गलकोट नगरपालिका वडा नं ३ का वडा सदस्य बेल बहादुर बोहोराले जानकारी दिनुभयो ।

जापानमा रहेका बोहोराफाँटबासी नागरिकहरुको सक्रियतामा उक्त रकम ढोरपाटन स्थित बाढी पीडितका लागि संकलन गरी सहयोग गरिएको बोहोराफाँट समाज जापानका अध्यक्ष लक्ष्मण बोहोराले जानकारी दिनुभयो । विपतमा मानवीय सेवा नै धर्म हो भन्ने मुल मन्त्रका साथ ३ वर्ष पहिले जापानमा स्थापना भएको समाजले छोटो समयमा थुप्रै सामाजिक कार्यमा सक्रियतापूर्वक सहभागिता जनाउँदै आएको समाजका सचिव पवन बोहोराले बताउनु भयो । गलकोट नगरपालिका वडा नं ३ हटिया बोहोराफाँटबाट वैदेशिक रोजगारिको सिलसिलामा जापानमा रहेका नागरिकहरु उक्त समाजमा आवद्व रहेका छन् ।विदेशमा दुःख गरी कमाएको केही हिस्सा स्वदेशमा आइपर्ने प्राकृतिक विपति तथा सामाजिक कार्यमा सहयोग गर्दै आइरहेको समाजका कोषाध्यक्ष एक बहादुर बोहोराले जानकारी बताउनु भयो ।

राहत रकम हस्तान्तरण कार्यक्रममा समाजसेवी कुल बहादुर बोहोरा, तेज बहादुर बोहोरा र अम्मर बहादुर बोहोराको उपस्थिति रहेको थियो ।दैविक प्रकोपको समयमा होस् वा कोही शारीरिक रूपमा अशक्त भएको बेलामा होस् आर्थिक रूपमा विपन्न परिवारलाई समाजमा आवद्व नागरिकहरु मार्फत रकम संकलन गरि समाजले आर्थिक सहयोग गर्दै आइरहेको युवा समाजसेवी विर बहादुर बोहोराले बताउनु भयो । राहत रकम ग्रहण पछि बोल्दै बाढीमा परि घरबास गुमेका, आफन्त गुमाएका र जग्गा जमीन बगरमा परिणत भई छिमेकीको आश्रय लिएर बसेका वास्तविक पीडितहरुको पहिचान गरी दीर्घकालीन रुपमा त्यी पीडितहरुको जीवन रक्षाका निम्ति राहत रकम सही ढंग बाट सदुपयोग हुने गरि काम गरिने ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले प्रतिबद्धता गर्नुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस