• २०८३ बैशाख २५ गते शुक्रवार

थप एक जना कोरोना सङ्क्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २४, चितवन । भरतपुर अस्पतालमा उपचाररत एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।


उनलाई भदौ १७ गते कोरोना पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएपछि खोकीसहित श्वासप्रश्वासमा समस्या भई भदौ १९ गते भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा मंगलबार साँझ ५ः३० बजे कोभिड सघन उपचार कक्षमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस