श्रावण २५, झापा । १७ वर्ष अघि २०६०।०७।३० गते अन्दाजी २१ः३० वजेको समयमा बिष्णुलाल माझीको घरमा उनको ससुरा नाताका झापा साविक टाघनडुब्बा गा.वि.स वडा नं. ४ हाल झापा गाउँपालिका वडा नं. ४ वस्ने वर्ष ४५ को बिरिक लाल माझि उनकै छोरीसंग भेटघाट गर्न भनी छोरीको घर आएको बेला सामान्य विवादमा जिल्ला झापा साविक जलथल गा.वि.स वडा नं. ८ बस्ने तत्काल बर्ष २६ को दुर्गा मगर भन्ने दुर्गा बहादुर थापा मगर लगायतका व्यक्तिहरुले कुटपिट गरी गम्भिर घाईते बनाई भागि फरार रहेका र घाईते बिरिकलाल माझी उपचारको क्रममा कुटेको चोटको कारण मृत्यु भएको घटना सम्बन्धमा वारदात पश्चात फरार रहेका प्रतिवादी दुर्गा मगर भन्ने दुर्गा बहादुर थापा मगरको खोजतलाशको क्रममा जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक साकार राज पन्तको कमाण्डमा खटिएको बिशेष टोलिले झापा मेचिनगर न.पा वडा नं. १२ स्थित शहरेडाँगीबाट फेला पारी पक्राउ गर्न सफल भएको छ।

प्रतिवादी दुर्गा भन्ने दुर्गा बहादुर थापा मगर वारदात पश्चात आफ्नो घर वतनमा नबसी काठमाण्डौ, भारतको कोलकत्ता दार्जिलिङ लगायतका विभिन्न स्थान , वैदेशिक रोजगारीको लागि मलेसिया साथै दुबई देशमा समेत गई बसेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। उनलाई श्रावण २३ गते सम्मानित झापा जिल्ला अदालतबाट पहिलो पटक पाँच दिन म्याद थप गरी हाल अनुसनधानको लागि जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको छ ।
उनले गरेको कसुर मुलुकी ऐन २०२० को ज्यान सम्बन्धि महलको दफा १३ बमोजिमको कसूर रहेकोले यस्तो कसुर गर्नेलाई सोही ऐनको सोही महलको १३(३) बमोजिम जन्म कैद सम्मको सजाय हुन सक्ने व्यवस्था रहेको छ ।