- विमल भट्टराई
पौष २४, सुनवल । विद्यार्थीहरुको एकाग्रता क्षमतामा बृद्धि गरी तेज स्मरण शक्ति लगाएत समग्र विकास गराउने उद्धेश्यले विहिबार नव प्रतिभा कार्यक्रम .सुनवल ४ रमवापुर मा.वि.मा सम्पन्न भएको छ । रमवापुर मा.वि.सुनवलका सहायक प्रधानध्यापक टंक प्रसाद पौडेलको अध्यक्षता एंवम् जिवन विज्ञानका शिक्षक हरि प्रसाद पोख्रेलको प्रमुख आतिथ्यता र प्रशिक्षक ईन्दिरा विश्वकर्माको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

रमवापुर मा.वि.का शिक्षक शंकरमणी पाण्डेले सञ्चालन गर्नुभएको कार्यक्रममा जिवन विज्ञानका शिक्षक पोख्रेल र प्रशिक्षक विश्वकर्माले रमवापुर मा.वि.सुनवल कक्षा १० का ८१ जना विद्यार्थीहरुलाई योग,ध्यान र प्राणायाम गराउनुभएको थियो । सोही अवसरमा जिवन विज्ञानका शिक्षक पोख्रेलले सम्पुर्ण शिक्षक, विद्यार्थीहरुलाई योग,ध्यान र प्राणायामको महत्व र आवश्यकताको बारेमा प्रकाश पार्नुभएको थियो ।