• २०८३ बैशाख ११ गते शुक्रवार

कारले स्कुटरलाई ठँक्कर दिँदा एक जना गम्भीर घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २३, रुपन्देही । रुपन्देहीको तिलोत्तमा जानकीनगरमा कारले स्कुटरलाई ठक्कर दिँदा एक जना गम्भिर घाइते भएका छन् । बुटवलबाट भैरहवातर्फ जांदै गरेको बा १३ च ४७७० नम्बरको कारले जानकीनगरचोकमा सोही दिशातर्फ जांदै गरेको लु ३० प १६७९ नम्बरको स्कूटरलाई ठक्कर दिँदा एक जना घाइते भएका हुन् ।

ठक्करबाट बुटवल ११ का ३२ बर्षिय आविश्कार खनाल गम्भीर घाइते भएका छन् । कार चालक बुटवल ६ का २६ बर्षीय समिन थापा रहेको प्रहरीले जनाएको छ । घाइतेको तिलोत्तामाकै क्रिमसन अस्पतालमा उपचार शुरु गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस