• २०८३ जेष्ठ ८ गते शुक्रवार

विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २३,काठमाडौँ। विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक भएको छ । नेपाल र चीनले एकैपटक मंगलबार सार्वजनिक गरेको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ ।

अब सगरमाथाको उचाइ ८८४८ . ८६ मिटर पुगेको नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले घोषणा गरे । १० मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई उचाइ सार्वजनिक गर्न स्वीकृति दिएको थियो । चीनसँग समन्वय भने परराष्ट्रय मन्त्रालयले गरेको हो ।

यसअघिको उचाइ ८८४८ मिटर सन् १९५४ सर्वे अफ इन्डियाले नापेको हो । सगरमाथाको उचाइबारे विवाद देखिएपछि सन् २०१० मा नेपाल र चीनबीच ८८४८ मिटरलाई नै मान्यता दिने साझा धारणा बनेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस