मंसिर २३, काठमाडौं। मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठकले ३ देशका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको छ । बालुवाटार स्रोतका अनुसार दक्षिण कोरिया, इजिप्ट र श्रीलङ्काका लागि राजदूत सिफारिस भएका हुन् ।
सरकारले दक्षिण कोरियाका लागि डा। कृष्णचन्द्र शर्मा, इजिप्टका लागि निर्मलराज सुवेदी र श्रीलंकाका लागि रमेशचन्द्र पौडेलको नाम सिफारिस गरेको हो ।