मंसिर २३, बुटवल। प्रतिबन्धित कस्तुरीको विणासहित फरि ३ जनालाई देवदहबाट प्रहरीले पक्राउ गरेको छ । सोमबार अपरान्ह ४ बजे रुपन्देहीको देवदह १० भलुहीबाट १ थान कस्तुरीको विणासहित ३ जनालाई पक्राउ गरेको हो ।
कस्तुरीको प्रतिबन्धित विणाको कारोबार भइरहेको सूचनाका आधारमा देवदह नगरपालिका १० स्थित स्थानीय टेक बहादुर वि।कको घरमा शंकास्पद रुपमा बसेका ३ जनाबाट प्रहरीले सो विणा बरामद गरेको रुपन्देही प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तत्काल तौल गर्दा ६१.४० ग्राममा रहेको रौं सहितको विणा सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा अर्घाखाँची छत्रदेव २ का सुकुरदिन मिया, बागलुङ नगरपालिका ६का रमेश वि।क तथा रुपन्देहीको बुटवल उपमहानगर ११ का दिपक वि।क रहेका छन् ।
पत्राउ परेको ३ जना र बरामद भएको विणा थप अनुसन्धानका लागि जिल्ला बन कार्यालय रुपन्देहीमा बुझाईने जिल्ल प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारोयण थापाले जानकारी दिनुभयो । रुपन्देही प्रहरीले आइतबार मात्र बुटवल उपमहानगर ८ सुख्खानगर स्थित कलश होटलबाट १ थान गैडाको खाग बरामद गरेको थियो । भने, केही समय अगाडी सालकको छालासहित केही तस्कर समातिएका थिए, घटनाक्रमले रुपन्देही तस्करहरुको ट्रान्जिट प्वाइन्ट बनेको देखिएको छ ।