मंसिर २३, मोरङ । मोरङको मिक्लाजुङमा शिक्षकको गोली हानी हत्या गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आज बिहान ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको हत्या भएको हो ।
शिक्षकको हत्यामा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताको संलग्नता देखिएको प्रहरीले जनाएको छ । श्रेष्ठको हत्या भएको जानकारी मृतकका भतिज महेश श्रेष्ठले प्रहरीलाई जानकारी गराएका थिए । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।