• २०८३ बैशाख १७ गते बिहिवार

सगरमाथाको उचाई आज सार्वजनिक गरिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २३, काठमाडौं । आज सरकारले सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने भएको छ । सरकारले नेपाल र चीनको संयुक्त टोलिले सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न लागेको हो ।

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार नापी विभागकै जनशक्तिबाट आफ्नै प्रयोगशालामा प्रशोधन र चीनको समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भइ संयुक्त रुपमा सगरमाथाको उचाइ मापनको परिणाम प्राप्त गरी सो परिणाम सार्वजिनक गर्न लागेको हो । यसअघि मन्त्रिपरिषदको बैठकले भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सगरमाथाको नयाँ उचाइ सार्वजिकन गर्न स्वीकृति दिएको थियो । बुधबारको मन्त्रिपरिषद् बैठकले सगरमाथाको उचाइ घोषणा गर्ने प्रस्तावलाई मन्त्रिपरिषदले स्वीकृति दिएको हो ।

सगरमाथाको उचाई मापन कार्य आर्थिक वर्ष २०६४/०६५ बाट सुरु भएको थियो । १३ वर्ष लामो मापन कार्य सम्पन्न भएर औपचारिक रुपमा घोषणा गर्न लागेको मन्त्रालयले जनाएको छ । सन् २०१९ मा चिनका राष्ट्रपती सी चिङफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाई संयुक्तरुपमा घोषणा गर्ने सहमति भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस