• २०८३ बैशाख ४ गते शुक्रवार

नेपालि जनसम्पर्क समिति द्वारा बेङलोर मा श्रद्धाञ्जली कार्यक्रम

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २३, काठमाडौं । नेपाली जनसम्पर्क समिति दक्षिण क्षेत्र भारत का भुतपुर्व क्षेत्र अध्यक्ष आन्नद प्रसाद ढुङ्गाना को ११ औं दिनको पुण्यतिथिमा बेङलोर मा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ।

नेपाली जनसम्पर्क समिति दक्षिण क्षेत्र भारत वर्तुर B शाखा को आयोजनामा भएको कार्यक्रममा नेपालि जनसम्पर्क समिति दक्षिण क्षेत्र भारत का क्षेत्रिय सदस्य ईश्वर बिष्ट ज्यु प्रमुख अतिथि रहेका थिए। उनले स्वर्गीय आन्नद प्रसाद ढुङ्गाना एक होनहार समाजसेवी नेता रहेको र उनको निधनले पार्टीलाई क्षति पुगेको बताए।

कार्यक्रमका विशिष्ट अतिथि नेपाली जनसम्पर्क समिति दक्षिण क्षेत्र भारत का क्षेत्रिय सदस्य दिवश शाही ले उनीप्रति श्रद्धाञ्जली अर्पण गरे।

श्रद्धाञ्जली कार्यक्रममा सुरेश खड्का , राजकुमार शाही , सुरेश शाही , दुर्गा शाही लगायत का पार्टीका विभिन्न कार्य समितिका पदाधिकारी तथा सदस्यलगायतको उपस्थिति थियो। कार्यक्रमका सहभागीले स्वर्गीय ढुङ्गाना को तस्बिरमा फूलमाला अर्पण गरेर श्रद्धाञ्जली दिएका थिए।

ढुङ्गाना २०७७ कात्तिक 14 गते आफ्नै काल गति मा मृत्यु भएको थियो

श्रद्धाञ्जली सभा नेपाली जनसम्पर्क समिति दक्षिण क्षेत्र भारत वर्तुर B शाखा सभापती मीन बहादुर शाहिको सभापतित्वमा सम्पन्न भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस