• २०८३ जेष्ठ ४ गते सोमवार

थप दुई जना कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 कार्तिक २३, काठमाडौँ। थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्जको भेरी अस्पतालमा उपचाररत रोल्पाको लिबाङ नगरपालिका–४ का संक्रमित पुरुषको मृत्यु भएको छ । कात्तिक १४ गते कोरोना संक्रमण पुष्टि भएपछि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएका पुरुषको शनिबार राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ ।

शिक्षण अस्पतालले कोरोना आशंकामा कात्तिक १४ मा स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनलाई थप उपचारका लागि भेरी अस्पतालमा ल्याइएको थियो । रुपन्देहीमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका- २ महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।

कात्तिक १६ गते कोरोना संक्रमण पुष्टि भएपछि १७ गते अस्पताल भर्ना भएकी महिलाको शनिबार बिहान साढे ५ बजे मृत्यु भएको हो । अस्पतालले शनिबार राति ९ बजे विज्ञप्तिमार्फत ती महिलाको मृत्यु भएको पुष्टि गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस