• २०८३ जेष्ठ ६ गते बुधवार

जिसस र सूनपाबीच ९ वटा साझेदारी योजना कार्यान्वयन सम्झौता (सूचीसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भाद्र २३, भक्तपुर । विकासमा दैनिक एक कदम अगाडी बढ्ने मात्र नभई दैनिक दौडिने लक्ष्यका साथ जिल्ला समन्यव समिति भक्तपुर र सूर्यविनायक नगरपालिकाबीच ९ वटा साझेदारी योजना कार्यान्वयव सम्झौतामा हस्ताक्षर गरिएको छ । जिसस प्रमुख नवराज गेलालको प्रमुख आतिथ्यतामा जिससको तर्फबाट जिल्ला समन्वय अधिकारी जगन्नाथ लामिछाने र नगरपालिकाको तर्फबाट प्रमुख प्रकासकीय अधिकृत कमल ज्ञवालीले रुपमा हस्ताक्षर गर्नुभएको छ ।

आर्थिक वर्ष २०७७-०७८ को जिसस मौज्दात कोष तर्फका ९ वटा योजनाहरुमा दुवैको साझेदारीमा रु १० करोड १० लाख रुपैंया बरावरको योजनामा सोमवार हस्ताक्षर भएको छ । जसमा जिससको तर्फबाट रु ६ करोड ४५ लाख रहेको छ भने नगरपालिकाको रु ३ करोड ६५ लाख रकम रहेको छ । उक्त सम्झौतामा उल्लेख भएका ९ वटै योजनाहरु अन्तरगत उल्लेख भएका रकम बराबरको आयोजना चालु आर्थिक वर्ष भित्रमा सम्पन्न गरिनेछ ।

सम्झौता गरिएका ९ वटा योजनाहरु र बजेट यस प्रकार रहेको छ-

क्र. जिसस र नगरपालिकाबीचको साझेदारी योजनाहरु जिससबाट रु। नगरपालिकाबाट रु। जम्मा रु।
१. नगरपालिका कार्यालय भवन निर्माण ३ करोड २ करोड ५ करोड
२. वडा नं- १० वडा कार्यालय भवन निर्माण १ करोड ६६ लाख ६७ हजार १ करोड ६६ लाख ६७ हजार
३. वडा नं- ७ वडा कार्यालय भवन निर्माण ५० लाख ३३ लाख ३४ हजार ८३ लाख ३४ हजार
४. वडा नं- १ भंगाल खानेपानी आयोजना ३० लाख १० लाख ४० लाख
५. वडा नं- १ सिरुटार खानेपानी आयोजना ४० लाख १३ लाख ३३ हजार ५३ लाख ३३ हजार
६. वडा नं- ९ बन्देश्वरी खानेपानी आयोजना ४० लाख १३ लाख ३३ हजार ५३ लाख ३३ हजार
७. वडा नं- ५ माथिल्लो ओमशान्ति टोल निलगिरी खानेपानी आयोजना ४० लाख १३ लाख ३३ हजार ५३ लाख ३३ हजार
८. दधिकोट बृहत खानेपानी आयोजना २० लाख ६ लाख ६६ हजार २६ लाख ६६ हजार
९. वडा नं- ८ टौडोल खानेपानी आयोजना २५ लाख ८ लाख ३४ हजार ३३ लाख ३४ हजार
जम्मा ६ करोड ४५ लाख ३ करोड ६५ लाख १० करोड १० लाख

Sharing

प्रतिक्रिया दिनुहोस