भाद्र २३ , वीरगन्ज। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अस्पतालका प्रवक्ता डा.अतुलेस चौरसियाका अनुसार संक्रमितहरूमध्ये पर्साका १३, बाराका ९ र रौतहटका ७ जना रहेका छन ।
संक्रमण पुष्टि भएका रौतहट गरुडाका ७ जना भने नेपाल प्रहरीमा कार्यरत हुन् । साथै वीरगन्ज आर्मी ब्यारेकका एक जना जवानमा पनि संक्रमण पुष्टि भएको छ । कुल ५ सय ८० जनाको परीक्षण गर्दा २९ जनामा संक्रमण पोजेटिभ देखिएको हो । संक्रमितहरूमा पुरुष २१ जना र महिला ८ जना छन् ।