• २०८३ बैशाख २५ गते शुक्रवार

बाँकेमा पुनः निषेधाज्ञा मंगलबारसम्म

महेन्द्र सिंह पढ्न लाग्ने समय : २ मिनेट

श्रावण २४, बाँके । कोरोना भाइरस संक्रमणको अवस्था जटिल बन्दै गएपछि निषेधाज्ञा बढाइएको हो ।जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को गत मङ्गलबार बसेको बैठकले भोली शनिबार सम्मका लागि निषेधाज्ञा जारी राखेको थियो ।

बाँकेमा जारी निषेधाज्ञा सकिन एक दिन बाँकी रहदाँ पुनः तीनदिनका लागि निषेधेज्ञा बढाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए । प्रजिअ कुरुम्वाङले जिल्लामा कोरोना भाइरस संक्रमणको अवस्था झन जटिल बन्दै गएपछि उच्च सतर्कता अपनाउदै थप तीन दिनका लागि निषेधाज्ञा अवधि बढाइएको बताए । उनले आफ्नो फेसबुक वालमा एक स्टाटस सेयर गर्दै बाँकेमा निषेधाज्ञा बढाइएको जानकारी दिए ।

यसअघि भोली शनिबारसम्मका लागि थप गरिएको निषेधाज्ञालाई पुनः जारी राख्दै आगामी मङ्गलबार राती १२ बजे सम्मको समावधि थप गरिएको बाँके प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गले बताए । पछिल्लो समय बाँकेमा समुदाय स्तरमै कोरोना पोजेटिभ केस बढ्दै गएपछि जिल्ला स्तरीय कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको साउन २५ गते ३ दिनका लागि र साउन २० गते बसेको बैठकले साउन २४ गते शनिबारसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।

यसबिच बाँकेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधी, सरकारी कर्मचारी लगायतमा कोरोना भाइरस संक्रमण देखिसकेकोछ छ भने बाँकेका ७ सरकारी कार्यालय सिल गरिएकोछ । नेपालगन्ज उपमहानगरपालिका, यातायात व्यवस्था विभाग, नेपालगन्ज आन्तरिक राजश्व कार्यालय, जिल्ला अदालत, वडा प्रहरी कार्यालय नेपालगन्ज, कारागार र ईलाका प्रहरी कार्यालय कोहलपुर सिल गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको केन्द्रको बैठकमा निषेधाज्ञा हटाउने की थप गर्ने भन्ने विषयमा छलफल हुदाँ थप केही दिन निषेधाज्ञा लम्बाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस