जेठ २६, दैलेख । दैलेख जिल्लामा २५ वर्षीया महिलाले कोरोना जितेकी छन्। जिल्ला अस्पताल दैलेखको आइसोलेसनमा उपचार गराई रहेकी डुंगेश्वर गाउँपालिका १ चुप्राकी महिलाले कोरोना जितेकी हुन्। उनका श्रीमान उनी र १५ महिने छोरा जेठ ८ गते भारतबाट गाउँ आएकी थिए ।

स्वाब परिक्षणमा श्रीमान र श्रीमतिमा कोरोना पोजेटिभ देखिए पछि आइसोलेसनमा राखेर उपचार गरिदै आइएको जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा । निरञ्जन पन्त बताउनुभयो । १५ दिनसम्म ती बालक पनि आमाबुवासँगै बसेका थिए । सुर्खेतस्थित प्रयोगशालामा गरिएको परीक्षणमा आमा र छोराको रिपोर्ट नेगेटिभ आएको हो ।
आइसोलेसनमा राखेर उपचार गरेको १६ दिन पछि महिलालाई कोरोना नेगेटिभ देखिएको र श्रीमानमा पोजेटिभ देखिएकाले उपचार भैरहेको छ । डा । निरञ्जन पन्त भन्नुभयो कोरोना नेगेटिभ देखिएकी महिलालाई सोमबार घर पठाइएको छ ।
उनले दुई हप्तामै कोरोनालाई जितेकी हुन् । संक्रमित आमाबुवासँगै बसेका बालकलाई भने कोरोना नदेखिएको डा। पन्तले बताए । कोरोना नजिता नेगेटिभ आएपछि डिस्चार्ज हुने आमा र छोरालाई नारायण नगरपालिकाका मेयर रत्नबहादुर खड्का ,डा। निरन्जन पन्त, र डा।जिना सापकोटा लगायतले टिका र खादा लगाएर सोमबार घर पठाएका छन् ।