• २०८३ बैशाख ६ गते आइतवार

भ्रष्टाचारीको पक्षमा सभापति देउवा : षडयन्त्रपूर्ण तरिकाले अख्तियारले मुद्दा चलाएको आरोप

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २५, रामेछाप । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना पार्टीका नेता विजयकुमार गच्छदारलाई षडयन्त्रपूर्ण तरिकाले अख्तियारले मुद्दा चलाएको आरोप लगाउँदै तत्काल मुद्दा फिर्ता लिन आग्रह गर्नुभएको छ ।

रामेछापको सदरमुकाम मन्थलीमा भएको कार्यक्रममा उहाँले सत्तारुढ पार्टीको निर्देशनमा अख्तियारले मुद्दा चलाएको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘अख्तियारका कर्मचारीहरुले पनि नागरिकबाट उठेकै करबाट तलब खाने भएकाले उनीहरुले पार्टीको काम गर्ने हैन, पार्टीको निर्देशनमा नेता तथा कर्मचारीहरुलाई झुटो मुद्दा लगाएर दुःख दिने काम अख्तियारका हाकिम र कर्मचारीहरुले गर्न मिल्दैन ।’

Sharing

प्रतिक्रिया दिनुहोस