• २०८३ बैशाख ७ गते सोमवार

१५ बर्ष ज्यालादारी,३ बर्ष कतार १८ बर्षमा ग्रिल उद्योग सन्चालक

सीता बि.क पढ्न लाग्ने समय : ३ मिनेट

माघ २५, दाङ्ग । आजभोली कतिपय व्यक्तिहरू पैसा कमाउने नाममा विदेशीने बिषय नेपालीमाझ कुनै नौलो होइन । पैसा कमाउनकै लागि नेपालबाट मात्र दैनिक हजारौ बढी नेपालीहरू विदेशीने गरेको तथ्याँक देखिएको छ ।

यसरी नेपाली दक्ष जनशक्ति किन बिदेश पलायन बन्दैछन् भन्ने चासोको बिषय सर्वसाधारणका लागि मात्र नभएर सरकारका लागि समेत यो प्रमुख समस्या बन्दै गएको छ । यसरी आफ्नो देशमा गरिने मेहेनतको पहिचान गर्न नसक्दा र बिदेशमा पैसाको बोटबाट पैसा टिप्न पाइने सपना बोकेर बिदेश जानु बाध्यता पनि पैसा कमाउन विदेश जानु नपर्ने कुरा लमही गाउँ पालिका (१ नर्तिमा प्युठान गृल उद्योग सुरु गरेका ३६ बर्षिय वीर बहादुर सुनार बताउँछन् ।

उनी भन्छन् सिप र जाँगर हुने हो भने खासै ठूलो लगानी गर्नु पर्दैन । आजभोली कतिपय व्यक्तिहरूले त एकै पटक करोडपति हुने सपना देख्न थालेकाले मात्र समस्या परेको हो । आफूले पन्ध्र वर्षदेखि प्युठानमा अरुले सन्चालन गरेको उद्योगमा ज्यालादारीमा काम गर्दै आएको स्मरण गर्दै उनले आफ्नो पुरानो अनुभव सुनाउँदै भने ३ बर्ष कतार बसियो ,जाँगर भए स्वदेशमा नै बसेर राम्रो आम्दानी गरी घर खर्च चलाउन सकिन्छ भन्ने लाग्योूआफू जस्तै कतिपय व्यक्तिहरू मासिक २० देखि २५ हजार रुपियाँ कमाउनका लागि अर्काको ज्याला मजदुरी गर्न विदेशीने गरेको भन्दै उनले मेहनत, सिप र लगनशिलता भए नेपालमा नै राम्रो आम्दानी गर्न सकिन्छ । यस्तै स्वदेशमा नै बसेर राम्रो आम्दानी गरी घर चलाउँदै आएका सुनार मासिक २० देखि २५ हजार रुपियाँ कमाउनका लागि विदेश जानु नपर्ने बताउँछन् । विदेशमा गएर मात्र पैसा कमाउन सजिलो हुने होइन विदेशमा पैसा टिप्ने ठाउँ छैन किन विदेश जानु ? उनले भने पैसा मेहनत गर्ने हो भने स्वदेशमा नै छ तर नेपालीहरू मेहिनत गर्न नचाहँदा थोरै रकमका लागि विदेशीने गरेका छन् यो विडम्बना हो ।

अहिले आफुले ग्राहकलाई सुपथ र सहज तरिकाले सेवा दिने र बेरोजगार युवालाई सीप प्रदान गराई आत्मनिर्भर बनाउने उद्देश्यले केहि आफ्नो कमाई र बैंक कर्जा गरि करिब २० लाखको लगानीमा प्युठान गृल उद्योग तथा आल्मुनियम पसल सन्चालनमा ल्याएको उनले बताए ।

अब आफूले जानेको शिप यो उद्योगमा प्रयोग गर्ने हो। उनी भन्छन् बिदेश जाने पनि काम गर्नका लागि नै हो सीप छ भने बिदेशमा पनि काम गर्न सजिलो छ सीप नभए कुनै काम छैन बरु सीप आर्जन गरि स्वदेशमै सानै लगनीबाट पनि मनग्ने आम्दानी गर्न सकिन्छ भन्ने तर्फ ध्यान दिँदैनन् भने सरकारले समेत युवाहरुको लागि देशमै काम गर्ने वातावरण श्रृजना नगरेकाले नेपाली युवाहरु पैसा कमाउनका लागि बिदशीने गरेका छन् ।

तर पनि आफ्नो देशमै सानो काम गरेर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सोचको बिकास गर्नु पर्ने सानो लागनीका साथै परिश्रम गरिरहेकाहरु बताउँछन् ।

लमही गाउँपालिका १ का वडा अध्यक्ष नमराज पौडेलले अहिले ब्यबसाय गर्न अलि कस्टकर छ । प्रतिस्पर्धा छ चुनौती उतिकै बढ्दो छ । सुख दुख नभनि ब्यबसाय संन्चालन गर्न सुनारलाई आग्रह गरेका छ्न । स्वदेशमा भबिस्य नदेखेर विदेशिन विबस युवाहरुलाई पौडेल भन्छ्नू नेपालकै माटोमा सुन फलाउन सकिन्छ । दुख गरि सुख लिन बिदेशीनु पर्दैन, नेपालमै धेरै सम्भावना छ ।

यसको मूल कारण देशमा प्रशस्त रोजगारीको सिर्जना हुन नसक्नु, उद्यमशीलताको विकास हुन नसक्नु र स्वरोजगार मुलक व्यवसाय गर्नका लागि सरकारले गम्भीरता नलिनु नै बास्तबिक चुनौती भएको उद्यम बिकास सहजकर्ता शारदा बिश्वकर्मा बताउछिन।

Sharing

प्रतिक्रिया दिनुहोस