- राम बहादुर बिश्वकर्मा
पौष २३, प्युठान । नेपाली काङ्ग्रेस निगट नेपाल शिक्षक संघको सदस्य बिष्णु प्रसाद पराजुलीले आफू आबद्ध सघ बाट राजिनामा दिनुभएको छ । श्री डिलेश्वरी प्रा बि सारिबाङ्गमा कार्यरत पराजुलीले ले प्रेस विज्ञप्ती जारी गरी नेपाल शिक्षक संघको सदस्य लगायत सो पार्टी र संगठनको सम्पुर्ण जिम्मेवारी त्यागेको घोषणा गर्नुभएको हो ।
उहाँले पेशा हक हितको लागि नयाँ युग अनुसारको राष्ट्र राष्ट्रियता र सबाल नागरिक तयार गर्ने कार्यमा लाग्ने इच्छा भएकाले सामादबादी पार्टी निगट समाजबादी शिक्षक समाजमा आबद्ध भएको बताउनुभएको छ । राज्यको पुनःसंरचनाको आधारमा नेपाली विशिष्टता सहितको समाजवादी शिक्षा आबश्यक हुने भएकाले समाजबादी शिक्षक समाजले मात्र पूरा गर्न सक्ने उहाँको भनाई छ ।
२०४९ सालदेखि नेपाल शिक्षक संघको सदस्यमा आबद्ध रहि आएका पराजुलीले विज्ञप्ति निकालेर राजिनामा दिएको घोषणा गर्नुभएको थियो ।