पौष, २३ लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–१ जिता देउरालीमा रहेको चिनारी कृषि फार्ममा आगलागी भएको छ ।
मंगलबार साँझ पौने ७ बजे अचानक विद्युत् सर्ट भएपछि फार्ममा आगलागी हुँदा फार्ममा रहेका ५० बाख्रा र एक सय लोकल कुखुरा जलेर नष्ट भएको छ ।
आगलागीबाट करिब डेढ करोड बढी क्षति भएको छ । सो आगलागी नियन्त्रणमा आएको र उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।