• २०८३ बैशाख १० गते बिहिवार

नेपाल भ्रमण वर्ष २०२० सम्बन्धी विभिन्न देशमा प्रवर्द्धनात्मक कार्यक्रम

पढ्न लाग्ने समय : १ मिनेट

पौष, २३ काठमाडौँ । विभिन्न देशमा नेपाल भ्रमण वर्ष २०२० सम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिएका छन् ।

चीनको राजधानी बेइजिङ, कतारको दोहा, दक्षिण अफ्रिकाको प्रिटोरिया, क्यानाडाको ओटावा, फ्रान्सको पेरिस र इजिप्टको कायरोमा त्यहाँस्थित नेपाली राजदूतावासको सक्रियतामा ती देशका नागरिकलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने विविध प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरेका हुन् ।

कार्यक्रमका क्रममा विश्वको सर्वोच्च शिखर सगरमाथा, विश्वशान्तिका प्रतीक गौतमबुद्धको जन्मस्थल लुम्बिनी, विश्व सम्पदा सूचीमा सूचीकृत पुरातात्विक एवं ऐतिहासिक महत्वका स्थलको अवलोकनका साथै प्राकृतिक, सांस्कृतिक, धार्मिक एवं भाषिक विविधताको देश नेपालको जीवनकालमा एकपटक भ्रमण गर्न नेपालका कूटनीतिक अधिकारीले आह्वान गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस