• २०८३ बैशाख १६ गते बुधवार

एटिएम फुटाउँदै गर्दा एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २२, काठमाडौँ । कोटेश्वरस्थित एनआइसी एसिया बैंकको एटिएम फुटाउँदै गर्दा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मध्यराति मुनीभैरब-कोटेश्वरको बीचमा रहेको सो बैंकको एटिएम फुटाउँदै गर्दा सिन्धुपाल्चोक बाह्रबिसे घर भई कोटेश्वर बसिरहेका १९ वर्षीय अनिल तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

तामाङलाई महानगरीय प्रहरी वृत्त बानेश्वरको हिरासतमा राखिएको परिसरले जनाएको छ । प्रहरीका अनुसार उनले एटिएमको बाहिरी कभर फुटाइसकेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस