• २०८३ बैशाख २० गते आइतवार

एकहजार १४ सङ्क्रमित थपिए, कोरोनाबाट थप २० को मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २२, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार १४ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ४१ हजार ९९५ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस चौबीस घण्टामा एक हजार ६२८ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख २७ हजार ४२२ जना सङ्क्रमित निको भइसकेका छन् । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा २० जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ६१४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस