• २०८३ मङ्सिर ३ गते बुधवार

३ बर्षीय बालक मृत फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २२, पाँचथर । पाँचथरमा ३ बर्षीय बालक मृत फेला परेका छन् । हिलिहाङ गाउँपालिका-६ का आईन्द्र हाङसरुम्बाको ३ बर्षीय छोरा गाउँपालिकाको कार्तिकेभिरको ओढारमा मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार आफ्नै घर वरीपरी खेल्ने क्रममा कार्तिक ३० गते देखि अचानक हराईरहेका बालकको खोजतलास भईरहेकोमा आईतवार बिहान सवा १२ बजे उक्त ओढारमा मृत फेला परेको हुन । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट अनुसन्धान अधिकृत सहितको टोली खटिएर छ । प्रहरीले कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी जिल्ला अस्पताल पाँचथर पठाएको छ । साथै थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस