• २०८३ असार १ गते सोमवार

भेडा हेर्ने कुकुर बेपत्ता, झयारी गाउमा भालुको आतंक

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

मंसिर २२ मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल रारा राष्टिय निकुन्जको मध्यवती क्षेत्रमा रहेका बासिन्दा लाई निकुन्जका जंगली जनावरहरुले सधै दुख्ख दिनुका साथै बर्षेनी लाखौको धनमाल नष्ट तथा क्षती पु¥याई दिने गरेका छन । जंगली जनावरहरुले कहिले पाकेको बाली खाई दिने, कहिले पाक्न लागेको बालीखाई दिने त कहिले फलफुल खानुका साथै विरुवा नै उखेली दिने गदै आएका छन भने मध्यवतीका स्थानिय निकुन्ज तथा मध्यवर्ती वन क्षेत्रमा घास दाउरा ल्याउन जादा वन्यजन्तुको आक्रमण र सिकारमा पदै आएका छन ।

यती मात्रा नभए यहाँका स्थानियहरुले पाल्दै आएका घरपालुवा जनावर तथा मौरी घारको मह समेत भालु तथा बाघले खाई दिनाले कृषकहरुको बषौ देखिको मेहनत क्षण भर मै बालुवामा पानी सरह हुदै आएको छ । रारा राष्ट्रिय निकुन्ज अन्तरगत रहेका मध्यवर्ती क्षेत्रका बासिन्दाले सधै सास्ति भोग्दै आएको तर सरकारले यस तर्फ ध्यान नदिएको स्थानियहरुले आरोप लगाउने गरेका छन । सधै झै यस बर्ष पनि यहाँका स्थानियहरुले जंगली जनावरबाट क्षेती भोग्नु परेको छ ।

 

शुक्रबार राती छायाँनाथ रारा नगरपालिका वडा नं ८ झ्यारी गाँउका भेडा पालक रमेश रावलका ८ वटा भेडालाईखर्क रहेको स्थान चुल्ठिमा हिमाली भालु पसेर मारेको छ भने भेडा हेर्ने कुकुर बेपत्ता भएको छ । सोहि वडाका भेडा पालकपदम रावलका २४ र घुघुरे कामीका ५ गरि २९ भेडालाई पनि घोर मै पसेर गत ४ गते भालुले मारेको र गतबर्ष पनि भालुले गाँउलेका १५ भेडा बाखा्र मारेको वडा अध्यक्ष कर्ण बहादुर रावलले जानकारी दिए । विगत बर्षहरुमा रारा राष्टिय निकुन्जले पिडित कृषकहरुलाई क्षतीपुर्ती दिने गरेपनि यो वर्ष नदिने भनेकाले आफुहरु बर्बादै भएको कृषक पदम रावलले बताए ।

निकुन्जले आफनो नियम अनुसार जे गर्ला गर्ला तर आफुहरुले पिडित कृषकहरुको क्षतीपुतीका लागी वडा र नगरपालिका बाट सिफारिस गरेर निकुन्जलाई क्षेतीपुती उपलब्धका लागी अनुरोध गर्ने वडा अध्यक्ष रावलले बताउनु भयो । १३२ घरधुरी रहेको यो गाँउका अधिकांस स्थानियहरुको प्रमुख आयको सो्रत नै भेडापालन भएपनि बेला बेलामा निकुज्जको जंगल बाट कहिले भालु त कहिले बाघ आएर भेडाबाखा्र खाई दिने र मारिदिने गर्न थाले पछि स्थानियहरुको रोजीरोटीमा प्रभाव परेकाले कृषकहरु यो व्यवसाय बाट हात झिक्नु पर्ने अवस्थामा छन । झयारी गाँउ मात्र होईन जंगली जनावरहरु बाट मध्यवती बस्तिहरु मुर्मा ,माथीतुम , ताल्च, टोप्ला, पिना, कार्कीवाडा, तलितुम, बुलबुलेका जनताहरुले समेत बर्षेनी सास्ति क्षेती भोग्दै आएका छन ।

Sharing

प्रतिक्रिया दिनुहोस