• २०८३ मङ्सिर ३ गते बुधवार

हुम्ला पुगेका मुख्यमन्त्री शाही घोडाबाट लडे, उपचारका लागि हेलिकोप्टर मार्फत सुर्खेत लगियो

खड्क सुनार पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २२ मुगु । कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही घोडाबाट लडेर घाइते भएका छन् । शुक्रबार हिमाली जिल्ला हुम्ला पुगेका मुख्यमन्त्री शाही घोडा चढेर सिमकोट गाउँपालिका ३ को तोर्पा जाने क्रममा बीच बाघचाल्ना भन्ने स्थानमा घोडाबाट लडेका हुन् ।

फाइल तस्बिर

कर्णाली प्रदेश सरकारले शुरु गरेको जनतासँग मुख्यमन्त्री भन्ने टेलिभिजन कार्यक्रमको छायांकनका लागि सिमकोट गाउँपालिका ३ को तोर्पा जान लागेका मुख्यमन्त्री शाही लडेर सामान्इ घाइते भएपछि हेलिकोप्टरबाट सुर्खेत ल्याइएको हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरले जानकारी दिए । बिहान कार्यक्रमका लागि गाडी र घोडाबाट मुख्यमन्त्री ज्यू तोर्पा जानु भएको थियो बीच बाटोमा स्वास्थ्य समस्या आएको भन्ने खबर आएपछि हामीले हेलिकोप्टर बोलाएका हौं,” प्रजिअ गिरिले भने, “घोडाबाट लडेको भन्ने खबर हामीकहाँ आएको छैन् । हेलिकोप्टरपनि सिधै बाघचाल्ना भन्ने स्थानजबाट सुर्खेत गएको हो ।

सिमकोटबाट गाडीमा गएका मुख्यमन्त्री शाहीलाई आधाबाटो बाट घोडा चढाइएको थियो । उनले चढेको घोडा तर्सिदा लडेर घाइते भएको घटनास्थलमा भएका नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अर्जुन बाृेहराले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस