कार्तिक २२ मुगु । कर्णालीको हिमाली जिल्ला मुगुमा बलात्कार र महिला हिंसा विरुद्ध स्वतन्त्र रुपमा युवायुवतीहरु जम्मा भएर डान्स तथा मार्च पास गरेका छन् । छायानाथ रारा नगरपालिका वडा नं १ स्थित श्री महाकाली माद्यमिक विद्यालयको प्राङग्रण बाट सुरु भई सदरमुकाम गमगढी बजारका मुख्य स्थान कालिका मालिका मन्दिर , र अदालत चोकमा करिब २० युवायुवती, किशोरीहरुले डान्स तथा मार्चपास गरेका थिए भने ¥याली र प्रदर्शनमा ५० जनाभन्दा बढीको उपस्थिति थियो ।

कालो टिसर्ट , कालो पाइन्ट र टाउकोमा कालो पट्टी बाँधेर बलात्कार र महिला हिंसाविरुद्ध सांकेतिक प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले महिला हिंसा र बलात्कार विरुद्ध नबोल्ने हरेक व्यक्ती समाजमा बलात्कारी सरह हुने भन्दै ‘तँ होस बलात्कारी , भन्दै नारा लगाएका थिए । उनीहरुले मार्चपासमा दमनकारी सत्ता पुरुष प्रधान देशमा नारीहरु दबिन बाध्य भएको उजागर गरेका थिए । यस्तै बलात्कारीलाई फाँसी दिन नमिलेता पनि कडा कानुन ल्याउनुपर्ने प्रर्दशनमा आएकी एक युवती सोनी शाही ठकुरीले बताईन ।

युवतीहरुको मार्चपास सहित ¥यालीमा ‘मलाई बाच्न मन छ मलाई बचाउ’, ‘कस्तो कानुन कस्तो सरकार रु’, कपडा छोटो की नजर खोटो’, ‘सरकार देखाउ इच्छा खोइ त, महिलाको सुरक्षा ? जस्ता नारा लगाउँदै गीती शैलिमा प्लेकार्ड बोकेर प्रर्दशन गरेको जानकारी दिईन ।

कार्यक्रमको अगुवाइ गरेकी शाहीले महिला हिंसा विरुद्धको प्रत्येक घरको आवाज बुलन्द गर्न सडकमा आएको बताइन् । उनले अहिले पनि धेरै महिला हिंसाका घटनाहरु भएता पनि बाहिर आउन नसकेको र हिंसाहरु नरोकेका भन्दै त्यसको लागि महिलाहरु आफैं अगाडि आउनुपर्ने बताइन्।

करिब एक घण्टा गरिएको प्रदर्शनमा उनीहरुले ‘अर्को पालो मेरो पो हो कि ?’ यो अत्याचार अब म सहन्न अब म बोल्छु अब मौन रहन्न’, ‘हत्या हिंसा बलात्कार समाजबाटै बहिष्कार’,हरेक नेपाली नारीले लक्ष्मी हैन, काली बनेर आफ्नो रक्षा गर्ने बेला आएको छ’ लगायत लेखिएको प्लेकार्ड बोकेका थिए।


