• २०८३ असार १३ गते शनिवार

जिल्ला ट्राफिकले ८३ वटा अनटेष्ट सवारीसाधनहरु कार्वाही

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २२, दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले नम्बर नलेखेर बजारमा चल्ने अनटेष्ट सवारी साधनहरु माथि निगरानी बढाएको छ । जिल्ला ट्राफिक दाङले शुक्रबारदेखि ट्राफिक नियम उलङ्घन गरि नम्बर नराखेर चलाउने अनटेष्ट सवारी साधनलाई सम्झाइ बुझाइदेखि जरिवाना गरेर कारबाही सम्म गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख थम्मन जिसीले जानकारी दिए ।

बजारमा सरप्राइज चेकिङ गर्दै ट्राफिक प्रहरीले जिल्ला भरि निगरानी बढाएको छ । शुक्रबारमात्रै दाङको घोराही बजारका बिभिन्न भागमा चेकिङका क्रममा नम्बर नलखेर चलाइरहेका अनटेष्ट ३० वटा गाडीहरु नियन्त्रणमा लिर्इ जरिवाना गरिएको छ । ५३ वटा साना तथा ठुला सवारी साधनलाई पहिलो चरणमा सम्झाइ बुझाइ गरेर छाडिएको र यदि अटेर गरेमा जरिवाना गरेर कारबाही गरिने बताए । उनले यो सरप्राइज चेकिङ अभियान एक हप्ता चल्ने जानकारी दिए । नम्बर नलेखेर चलाउने अनटेष्टमा मोटरसाइकल र कारहरु धेरै रहेको दाङ जिल्ला ट्राफिक प्रमुख जिसीले जानकारी दिनुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस